४.१७ अंकले बढ्यो शेयर बजार : कारोबार रकम २ अर्बभन्दा बढी

४.१७ अंकले बढ्यो शेयर बजार : कारोबार रकम २ अर्बभन्दा बढी


बैकिङ्ग समाचार 
आज (मंगलबार) शेयर कारोबार बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.१७ अंकले बढेर एक हजार ५८६.२९ मा पुगेकाे छ । नेप्से ०.२६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.७६ अंकले बढेर ३१३.२२ मा पुगेको छ ।

कूल १९५ वटा कम्पनीकाे ९३ लाख ५७ हजार ७ सय ९४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड ८१ लाख ९७ हजार ३ सय ५८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे शेयर घटेकाे छ ।