निफ्राको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि संस्थापक शेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा हो।

बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक शेयरधनीलाई दिएको छ। सो शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बानेश्वरस्थित बैंकको कार्यालयको कानून विभागमा लिखित आवेदन दिनु पर्नेछ।