काठमाडौं – बैंकिङ्ग समाचार र बैंकिङ्ग न्युजको संयुक्त आयोजनामा चौथो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६’ आयोजना हुने भएको छ। सन् २०२३ देखि निरन्तर आयोजना हुँदै आइरहेको राष्ट्रियस्तरको बैंकिङ्ग डिस्कोर्शको चौथो संस्करण जेठ २७ गते सञ्चालन हुने भएको हो।
डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरु तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले जानकारी दिए।
बैंकिङ्ग क्षेत्रको दिगो विकास र स्थायीत्वमा नीतिगत निर्णय र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्यसहित प्रत्येक वर्ष डिस्कोर्श आयोजना गर्दै आइरहेको प्रबन्ध निर्देशक ढुंगेलले बताए।
डिस्कोर्शमा चार वटा सत्रगत विशेष छलफल हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसा: कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तार: बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्य: एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन रहेको छ भने नलेज पार्टनरमा काठमाडौं फिनटेक रहेको छ।






About Us
प्रतिक्रिया