नेको इन्स्योरेन्सको लिलामी शेयर खुल्यो, आजदेखि कात्तिक ४ गते सम्म आवेदन दिन सकिने

नेको इन्स्योरेन्सको लिलामी शेयर खुल्यो, आजदेखि कात्तिक ४ गते सम्म आवेदन दिन सकिने


बैकिङ्ग समाचार । 
नेको इन्स्योरेन्सले संस्थापक समूहको १० लाख ७० हजार २ सय ६.८४ कित्ता शेयर खरिद गर्न आज (आसोज २० गते) देखि बोलकबोल मार्फत आवेदन दिन सकिने छ । शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी, इच्छुक व्यक्ति, फर्म, कम्पनी तषा संगठित संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । उक्त मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी शेयर खरिद गर्न इच्छुकले कात्तिक ४ गते भित्रमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । शेयर विक्रीका लागि विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।