स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल-२०२०’ अवार्ड

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल-२०२०’ अवार्ड


बैकिङ्ग समाचार । 

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल–२०२०’ अवार्ड पाएको छ।

ग्लोबल फाइनान्स न्यूयोर्कले एसिया प्यासिफिक विधामा स्टाण्डर चार्टर्ड बैंकलाई अवार्ड प्रदान गरेको हो । लगातार छैटौँ वर्ष बैंकले सो प्रतिष्ठित अवार्ड पाएको हो ।

प्रविधिको प्रयोग मार्फत डिजिडट सेवा प्रदान तथा ती सेवाप्रति ग्राहकको आकर्षण बढाउन सकेका कारण बैंकले अवार्ड पाएको हो ।

सन् १९८७ मा स्थापना भइ लगातार प्रकाशन हुँदै आएको मासिक वित्त म्यागजिन ग्लोबल फाइनान्सले हरेक वर्ष विभिन्न विधामा बैंकहरुलाई अवार्ड प्रदान गर्ने गरेको छ ।