माण्डु हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनश शेयर र ०.५२३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश विद्युत नियमन आयोग तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।