बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश दिने

बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश दिने


बैकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। 

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो। 

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ।