पाल्पा, गुल्मी र रौतहटमा ग्लोबल आईएमई बैंकको शाखारहित बैकिङ्ग सेवा बिस्तार

पाल्पा, गुल्मी र रौतहटमा ग्लोबल आईएमई बैंकको शाखारहित बैकिङ्ग सेवा बिस्तार


बैकिङ्ग समाचार ।
ग्लोबल आइएमइ बैंकले तीन शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरीया र गुल्मीको अर्जेमा उक्त सेवा सुरु गरेको हो।

यससँगै बैंकको यो सेवा संख्या २२५ पुगेको छ।

सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा स्थानीय छवि सरा सिंजालीलाई नियुक्त गरिएको छ।

कटहरीया शाखाको प्रतिनिधिमा स्थानीय महमद जलालुदीन हक छन्।

त्यसैगरी, अर्जेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएको छ।

यी सेवाबाट निक्षेप खाता खोल्न, तोकिएको सीमासम्मको रकम जम्मा गर्न तथा झिक्न आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्न सकिन्छ।

यो बैंकको हालसम्म २५९ शाखा, २३४ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २२५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधी सम्पर्क कार्यालय छन्।