काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले कम्पनीले डिजिटलाइजेशनलाई जोड दिइरहेको बताएका छन्। मर्जरपछिको तेस्रो वार्षिकोत्सवकाे अवसरमा सीईओ भट्टराईले भविष्यमा सशक्त सेवा छिटोभन्दा छिटो प्रवाह गर्न डिजिटल प्रविधिको प्रयोग विस्तारमा जाेड दिइरहेकाे बताएका हुन्।
‘ग्राहकहरुकाे माग बमोजिम सेवा विस्तार गर्न हामी गइरहेका छौं।’ उनले भने, ‘सम्पूर्ण सरोकारवालाले हामीलाई निरन्तर सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं।’ सीईओ भट्टराईले कम्पनीको मेरुदण्ड नै संस्थाका कर्मचारी भएकाले सबै कर्मचारी एक ढिक्का भएर अगाडि बढेमा अझ ठूलो सफलता हासिल गर्न सक्ने उल्लेख गरे।
वार्षिकोत्सवकाे अवसरमा कम्पनीले आफ्ना ग्राहक, शेयरधनी, नियामक निकाय, अभिकर्ता, कर्मचारी तथा सहकार्यकर्ताप्रति आभार व्यक्त गरेको छ। कम्पनीले एक सन्देश जारी गर्दै मर्जरपछिको तीन वर्षे यात्रा विश्वास, सहकार्य र प्रतिबद्धताले सफल बनेको उल्लेख गरेको छ।
कम्पनीका अनुसार ग्राहकहरूको अटुट विश्वासले संस्थालाई अगाडि बढ्न ऊर्जा दिएको छ भने साझा सहकार्य र प्रतिबद्धताले संस्थाको आधार अझ बलियो बनेको जनाएको छ। साथै,आगामी दिनमा अझ परिष्कृत, गुणस्तरीय तथा उत्कृष्ट सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। ‘सुरक्षाको हरेक मोडमा हामी सधैँ ग्राहकको साथमा रहनेछौँ’ कम्पनीले जारी गरेको सन्देशमा भनिएको छ। कम्पनीले भविष्यमा पनि जिम्मेवारी, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत भरपर्दो ‘सुरक्षा साथी’का रूपमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।
तत्कालीन युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिएर युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड बनेको हो।






About Us
प्रतिक्रिया