कुमारी बैंकका ग्राहकलाई होटल ल्याण्डमार्कमा आकर्षक छुट  

कुमारी बैंकका ग्राहकलाई होटल ल्याण्डमार्कमा आकर्षक छुट  


बैकिङ्ग समाचार ।
कुमारी बैंकका ग्राहकहरुले होटल ल्याण्डमार्कमा आकर्षक छुट पाउने भएका छन् । बैंक र होटल ल्याण्डमार्कबीच होटलका विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता अनुसार बैंकको डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा होटलले विशेष छुट दिने छ । 

दरबातरमार्ग, चितवन, पोखरास्थित विभिन्न होटल र रिसोर्टहरुको साधारण रुममा ३० प्रतिशत छुट दिने, विशेष प्याकेजहरुमा ५ प्रतिशत र खानेकुरामा १५ प्रतिशत छुट दिने भएको हो । त्यसबाहेक अतिरिक्त मनोन्जनात्मक क्रियाकलामहरुमा विशेष सहुलियत प्रदान गर्ने पनि सम्झौतामा उल्लखे छ । 

सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नविनमुनि बज्राचार्य र होटल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताले आफ्ना ग्राहकका लागि विशेष सुविधा पुग्ने विश्वास बैंकले गरेको छ ।