जेएमई रेमिटको ‘दशैं तिहार बम्पर धमाका’, भाग्यसालीले ६ लाख रुपैयाँसम्मको बम्पर उपहार पाउने

जेएमई रेमिटको ‘दशैं तिहार बम्पर धमाका’, भाग्यसालीले ६ लाख रुपैयाँसम्मको बम्पर उपहार पाउने


बैकिङ्ग समाचार ।
जेएमई रेमिटले दशैं तिहारलाई लक्षित गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । रेमिटले युएईको अल फरदान एक्सचेन्ज मार्फत नेपालमा रेमिट्यान्स पठाउनेका लागि आकर्षक उपहार दिने योजना सार्वजनिक गरेको हो । 

रेमिटले यो योजना अन्तर्गत प्रत्येक साता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपलब्ध गराउने बताएको छ । उपहार योजनामा ६ लाख रुपैयाँ सम्मको बम्पर उपहार प्रदान गरिने पनि कम्पनीले जनाएको छ । 

यो योजना नोभेम्बर १४ सम्म लागु हुने र युएईको अल फरदान एक्सचेन्जमार्फत जिएमई रेमिट हुँदै पैसा पठाएमा स्वतः सहभागि हुने व्यवस्था पनि रेमिटले गरेको छ ।