स्वरोजगार लघुवित्तको १७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि १७ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ३३७ कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर सर्वसाधारले खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो। यसअघि सो शेयर संस्थाको विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेकोमा उनीहरुबाट सो शेयरमा निवेदन नपरेपछि अब भने सर्वसाधारका लागि बिक्रीमा राखेको हो।

सो शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनकर्ताले संस्थाको केन्द्रिय कार्यालय बनेपा–५ काभ्रेपलाञ्चोकमा रहेको प्रशासन विभागमा लिखित निवेदन दिन सक्नेछन्।