काठमाडौं – नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन संशोधन गर्ने भएको छ। प्राधिकरणले एक सूचना नै जारी गरेर दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन संशोधन गर्ने बताएको हो।
नेपाल बीमा प्राधिकरणबाट लागू गरिएको दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०८१ लाई समयानुकूल, व्यावहारिक तथा प्रभावकारी बनाउन आवश्यक भएको भन्दै संशोधनको तयारी सुरु गरेको हो।
प्राधिकरणले मार्गदर्शनमा संशोधन गर्न आवश्यक देखिएका विषय, व्यवस्था, प्रक्रिया तथा प्रावधान सम्बन्धमा स्पष्ट सुझाव, औचित्य तथा आवश्यक भएमा आजको १५ दिनभित्र आफ्नो राय र सुझाव उपलब्ध गराउन समेत सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।






About Us
प्रतिक्रिया