सामलिङ्ग पावरको १२ लाख ३० हजार कित्ता आइपीओ एसबिआई मर्चेण्ट मार्फत बिक्री हुने

सामलिङ्ग पावरको १२ लाख ३० हजार कित्ता आइपीओ एसबिआई मर्चेण्ट मार्फत बिक्री हुने


बैकिङ्ग समाचार ।
सामलिङ्ग पावर कम्पनीले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्रीको प्रक्रिया सुरु गरेको छ । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

सामलिङ्ग पावर कम्पनीले प्रति शेयर अंकित मूल्य एकसय रुपैयाँको दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको । साथै कम्पनीले एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नै शेयर रजिष्ट्रारमा समेत नियुक्त गर्ने सम्झौता गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतामा सोमबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतरोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले हस्ताक्षर गरे।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनी स्थापनको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।