नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त


काठमाडौं – नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव लम्साल नियुक्त भएका हुन्।

बैंकका सञ्चालक महेश भट्टराई सो पदबाट बाहिरिएसँगै सञ्चालकमा लम्साललाई नियुक्त गरेको बैंकले जनाएको छ।