बैंकिङ्ग कसुर मुद्दामा १ करोड ४६ लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ


काठमाडौं – जिल्ला अदालत नेपालगन्ज बाँकेबाट बैंकिङ्ग मुद्दामा १ करोड ४६ लाख जरिवाना तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका – १० बस्ने कुलिन भन्ने अविनाश राना रहेका छन्। 

जिल्ला अदालत नेपालगन्ज बाँकेबाट कैद तथा बिगो जरिबाना फैसला भएपछि उनी फरार भएका थिए। उनीमाथि दुई वटा बैंकिङ्ग कसुर र एउटा चेक अनादरमा २ वर्ष २ महिना ९ दिन कैद फैसला भएको थियो। 

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि अदालत पेस गरिएको प्रहरीले जनाएको छ।