नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ४२ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक समूहको २ लाख ४२ हजार ३५४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् भने इच्छुक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ । यस अवधिमा संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।