काठमाडौं – भरुवा बन्दुकसहित सर्लाहीमा एक जना पक्राउ परेका छन्। सर्लाहीको बरहथवा नगरपालिका – १२ लौकट गाउँबाट एकनाले भरुवा बन्दुक १ थान, बारुद करिब १ सय ग्राम र फलामको छर्रा ८० थानसहित बागमती नगरपालिका – २ सुकुम्बासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





About Us
प्रतिक्रिया