‘माई सेकेण्ड टिचर’ ले काठमाडौंमा माग्यो १०० शिक्षक, मासिक तलब २ लाख 

‘माई सेकेण्ड टिचर’ ले काठमाडौंमा माग्यो १०० शिक्षक, मासिक तलब २ लाख 


बैकिङ्ग समाचार । 

कोरोनाका कारण हजारौं शिक्षकहरु बेरोजगार भइरहेका बेला इनोभेट टेकले १०० जनाको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको खुलाएको छ।

शिक्षा र सूचना प्रविधि क्षेत्रमा ख्याति कमाइरहेको काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले  कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको डिजीटल पाठ्यसामाग्री तयार गर्न रोजगारीको अवसर दिन लागेको बताएको छ।

शिक्षकहरुको कमाइ मासिक  २ हजार अमेरिकी डलरसम्म हुने सो कम्पनीले दाबी गरेको छ।

यस लिंकमा गएर आवदेन दिन सकिने छ।