वैशाख महिनामा निर्जीवन बिमकले संकलन गरे ४ अर्ब बढी बीमा शुल्क


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब बढीको कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १ करोड ४५ लाख कुल बीमा शुल्क संकलन गरेका हुन्।

सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीहरुले वैशाखसम्ममा २ लाख ४१ हजार ८३५ वटा बीमालेख जारी गरेका छन्। वैशाखमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले ६३ करोड ४८ लाख बीमाशुल्क संकलन गरेको हो । यस्तै, दोस्रोमा एनएलजी इन्स्योरेन्सले ४३ करोड ३० लाख र तेस्रोमा रहेका सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४२ करोड ६३ लाख कुल बीमा शुल्क संकलन गरेको छ।

यस्तै, वैशाखमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४१ करोड ४९ लाख, शिखर इन्स्योरेन्सले ३९ करोड ९ लाख, सिद्धार्थ प्रिमियरले ३७ करोड ३५ लाख, नेको इन्स्योरेन्सले २८ करोड ९४ लाख र सानिमा जीआईसी इन्स्योरेन्सले २८ करोड ८ लाख कुल बीमाशुल्क संकलन गरेका छन्।

वैशाखमा युनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड १८ लाख, ओरिएन्टल इन्स्योरेन्सले १६ करोड, नेपाल इन्स्योरेन्सले १४ करोड ७० लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ९४ लाख , नेशनल इन्स्योरेन्सले ८ करोड ३२ लाख र राष्ट्रिय बीमा कम्पनीले ३ करोड ८८ लाख कुल बीमाशुल्क संकलन गरेका छन्।