काठमाडौं – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, गितेन्द्र बाबु राई र छबिलाल जोशीविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुर फिर्ता गर्न अनुमति दिएको छ। कास्की जिल्ला अदालतले उनीहरुविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी राम बहादुर किसानले बताए।
यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता गौतम भण्डारीले रविविरुद्धका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन्।
सोही परिपत्र अनुसार, जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत् राख्ने भन्दै निवेदन दिएको थियो। निवेदनमाथि शुक्रवार न्यायाधीश हिमलाल बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर किसानले बताए।








About Us
प्रतिक्रिया