काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले कमेडियन तथा पडकास्टर सज्जन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमलाई युट्युब भिडियोमा असभ्य र अमर्यादित बोलेकाले गर्दा सम्झाएर छाडेको छ।
उनीहरूलाई साइबर ब्युरोमा बोलाएर सम्झाइ अब आइन्दा त्यस्तो नगर्ने सर्तमा सम्झाएर छाडेको प्रवक्ता दिलीप कुमार गिरीले बताए।
श्रेष्ठले युट्युबमा ‘इन द लास्ट कोइसन’ शो चलाउँदै आएका थिए। उक्त शोमा अत्यधिक छाडा र उच्छृङ्खल शब्द समावेश भएकाको भन्दै सर्वसाधरणले आपत्ति जनाएका थिए।






About Us
प्रतिक्रिया