जनरल इन्स्योरेन्सको आईपिओ दुई चरणमा बाँडफाँड हुने

जनरल इन्स्योरेन्सको आईपिओ दुई चरणमा बाँडफाँड हुने


बैकिङ्ग समाचार ।
जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईीपओ दुई चरणमा बाँडफाँड गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । जनरल इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुख एसके तमोटका अनुसार दुई चरण गरेर आईपिओ बाँडफाँड गर्ने तयारी गरिएको हो । पहिलो चरणमा आज बाँडफाँड गर्ने र बाँकी अर्को चरणमा सोमबार बाँडफाँड गर्ने तयारी भइरहेको उनले बताए । जनरल इन्स्योरेन्सका अनुसार प्रि अलोटमेन्ट आज गरिनेछ भने सम्भव भएसम्म भोलि सबै शेयर बाँडफाँड हुने कम्पनीले जनाएको छ  ।

जनरल इन्स्योन्सले यही असोज ११ गतेदेखि १४ गतेसम्म खुल्ला गरेको आईपिओमा आठ लाख २० हजार ४०० को आवेदन परेको थियो । सो मध्ये जम्मा दुई लाख ७३ हजार सर्वसाधारणले मात्रै १० कित्ताको दरले शेयर पाउनेछन् । कूल ३० लाखक कित्ता शेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणको लागि २७ लाख ३० हजार कित्तामा आवेदन माग गरिएको थियो ।