काठमाडौंं – नेपाल बीमा प्राधिकरणले ६ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले कम शुल्क लिएर बीमालेख जारी गरेको भन्दै ६ कम्पनीलाई कारबाही गरेको हो।
प्राधिकरणले सानिमा जिआइसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई कारबाही गरेको हो।
प्राधिकरणले कम्पनीहरुलाई २ लाख रुपैयाँ जरिवाना गराएको छ भने गल्ती नदोहोर्याउन चेतावनी समेत दिएको छ।






About Us
प्रतिक्रिया