१० लाख बढीले गरे ‘आइएमई पे’ एप डाउनलोड

१० लाख बढीले गरे ‘आइएमई पे’ एप डाउनलोड


बैकिङ्ग समाचार ।
आइएमई पे एप १० लाख बढीले डाउनलोड गरेको छ । आइएमई गुप्र अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्धित इएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेको कम्पनीले जनाएको छ ।

कम्पनीेले १० लाख डाउनलोड पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने जनाएको छ । यो योजना आजबाट सुरु भई अक्टोबर १५ सम्म कायम हुने छ ।

आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएको कम्पनीले जनाएको छ ।