सिद्धार्थ बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

यस शेयरको पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइएको छ । यो शेयर खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। आजको ३५ दिनभित्र शेयरधनीहरुले आजवेदन पेश गर्नसक्नेछन् ।

यस अवधिमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।