कर्मचारीमा कोरोना देखिएपछि बीमा समिति एक साता सिल

कर्मचारीमा कोरोना देखिएपछि बीमा समिति एक साता सिल


बैकिङ्ग समाचार ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि भोलिबाट बीमा समिति एक साताको लागि सिल गरिएको छ ।

बीमा समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि भोलिबाट एक साताको लागि बीमा समिति सिल गर्ने निर्णय गरिएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भोलिबाट एक हप्ता कार्यालय बन्द गर्न लागिएको बताए ।

आजसम्म खुल्ला रहेको बीमा समिति भोलिबाट बन्द हुनेछ । आपतकालिन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिएको बीमा समितिले जनाएको छ ।