सेन्ट्रल एक्स्चेञ्ज काउन्टरको लाइसेन्स खारेज


काठमाडौं – नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्स्चेञ्ज काउन्टरको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकले पोखरामा रहेको सेन्ट्रल एक्स्चेञ्ज काउन्टरको लाइसेन्स खारेज गरेको हो ।

परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्न लाइसेन्स पाएको सेन्ट्रल एक्स्चेञ्ज काउन्टरले कारोबार बन्द गरी इजाजत खारेज गरिदिन निवेदन पेश गरेको थियो । राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ मा भएको व्यवस्था बमोजिम मनिचेञ्जरको लाइसेन्स खारेज गरेको हो ।