मेगा बैंकको १८ लाख ४० हजार कित्ता लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन

मेगा बैंकको १८ लाख ४० हजार कित्ता लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन


बैकिङ्ग समाचार ।
मेगा बैंक नेपाल लिमिटेडले असोज ११ गतेदेखि लिलामीमा ल्याएको १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर लिलामीमा शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन रहेको छ ।

इच्छुक लगानीकर्ताले आज (असोज १८ गते) ३ बजेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता शेयर र दररेट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रुपैयाँ र त्यस भन्दा बढी कतिमा शेयर खरीद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ ।

उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।

अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

मेगा बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका शेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती शेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको मेगा बैंकले जनाएको छ ।