काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ। क्विजको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता तथा इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भएका छन्।
प्रतियोगिताको विजेताले जनही ६० हजार तथा उपविजेताले जनही ४ हजार रूपैयाँ पुरस्कार पाएका छन। ‘कन्ट्रि राउन्ड’मा ‘क्लस्टर राउन्ड’बाट छनोट भएका १० वटा क्लस्टर तथा सव क्लस्टरका दुई–दुई जना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गरेका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
सांग्रिला क्विजका विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के र रिकभरी तथा एनपीएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्र बहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेकाे छ।






About Us
प्रतिक्रिया