प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना


बैकिङ्ग समाचार 

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पोजेटिभ आएको हो ।

यसैगरी प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
 

हिजोको PCR परीक्षणबाट
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j

— Bishnu Rimal (@BishnuRimal) October 3, 2020