माछापुच्छ्रे बैंकले ८ वटा शाखा बन्द गर्ने


काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका ८ वटा शाखा बन्द गर्ने भएको छ। बैंकले विभिन्न स्थानका ८ वटा शाखा कार्यालय मर्ज गर्ने भएकाे हाे। बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने जनाएको छ।

बैंकका अनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ,काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग र खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा, ठमेल शाखा दरबारमार्ग शाखामा गाभिनेछ।

बैंकले गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा र मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा समायोजन हुने जानकारी दिएकाे छ।