नौ महिनामा ८ खर्ब ९२ अर्बको अन्तर बैंक कारोबार


काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो नौ महिना (चैतसम्म) ८ खर्ब ९२ अर्ब २१ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको छ।अघिल्लो वर्षको सोही अवधिमा १५ खर्ब १२ अर्ब १२ करोडको अन्तर बैंक कारोबार भएको थियो।

समिक्षा अवधिमा वाणिज्य बैंकहरुको वाणिज्य बैंकहरूको ७ खर्ब ४९ अर्ब १ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ४३ अर्ब २० करोड गरी कुल ८ खर्ब ९२ अर्ब २१ करोडको अन्तर बैंक कारोबार भएको छ।

अघिल्लो वर्षको वाणिज्य बैंकहरूको १३ खर्ब ६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४८ अर्ब ३१ करोड रूपैयाँ कारोबार भएको थियो।