गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ती गर्ने, आगामी वैशाखबाट एकीकृत कारोबार

गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ती गर्ने, आगामी वैशाखबाट एकीकृत कारोबार


बैकिङ्ग समाचार ।
गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ती गर्ने भएको छ ।

काठमाडौमा केन्द्रिय कार्यलय रहेको गरिमा र सिराह जिल्लामा केन्द्रिय कार्यालय रहेको साहारा विकास बैंक बिचमा एक अर्कामा गाभिने (प्राप्ती) गर्ने सम्बन्धमा असोज १६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

हाल गरिमा विकास बैंकको अधिकृत पूँजी ५ अर्ब र जारी तथा चूक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ छ । सहारा विकास बैंकको अधिकृत पूँजी ५० करोड र जारी तथा चूक्ता पूँजी २५ करोड ५४ लाख रुपैयाँँ छ ।

सहारा विकास बैंकको सबै सम्पत्तीको मूल्यांकन पश्चात स्वाप रेसियो निधारर्ण गरिने सम्झौतामा उल्लेख छ । तर, साहारा विकास बैंकले एक बराबर एक प्रतिशत (स्वाप रेसियो) माग गरेको छ ।

गरिमा विकास बैंकले हाल देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहाराले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् । प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ ।

गरिमामा सहारा प्राप्तिहुँदा गरिमा विकास बैंक थप शसक्त विकास बैंकको रुपमा स्थापित भई मूलूकको बैकिङ परिदृश्यमा प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा आफ्नो उपस्थिति हिमाल, पहाड र तराइमा ब्यापक हुने समेत बैंकको विश्वास छ ।

२०६४ मा स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको गरिमामा यसअघि म्याग्दीको निलगिरी र चितवनको शुभेच्छा विकास बैंकहरु गाभिएका थिए ।