कोरोनाका कारण विन्धवासिनी सहकारीका अध्यक्ष शिव पराजुलीको निधन

कोरोनाका कारण विन्धवासिनी सहकारीका अध्यक्ष शिव पराजुलीको निधन


बैकिङ्ग समाचार ।
कोरोनाका कारण नेफ्स्कून सदस्य तथा इटहरीस्थित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिव पराजुलीको निधन भएको छ । 

६० बर्षिय पराजुली सहकारीकर्मी सँगै होटल व्यवसायी पनि हुन् । विगत ९ बर्षदेखि सहकारीमा रहेका पराजुलीले गत २ बर्षदेखि अध्यक्षको जिम्मेवारी लिएका थिए । 

सुनसरीको धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा भर्ना भएका उनको असोज १४ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको र सोही दिन राती निधन भएको अस्पतालले जनाएको छ ।