काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बाँसगढी बर्दियाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ। संस्थामा आवद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपेन्द्र सापकोटाले गरे।
सो क्रममा वित्तीय साक्षरतासँगै समग्र केन्द्रबाट उपस्थित केन्द्र प्रमुखहरुको काम, कर्तव्य र भुमिकाका बिषयमा पनि छलफल तथा अन्तक्रिया संचालन भयो।
उक्त कार्यक्रममा शाखा कार्यालय बाँसगढी अन्तर्गत संचालित केन्द्रहरुमध्ये बार्षिक मुल्यांकनको आधारमा उत्कृष्ट ३ केन्द्रहरुलाई सम्मान, उत्कृष्ट व्यवसायी र सर्वोत्कृष्ट बचतकर्तालाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो।
जम्मा ५४ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं.१०९ कि सदस्य कल्पना खत्रीले गरेका थिए भने कार्यक्रम संचालन उक्त शाखाका वरिष्ठ सहायक सुदन थारुले गरेका थिए।






About Us
प्रतिक्रिया