विजय लघुवित्तका सीईओ लम्सालले दिए राजीनामा, कामु सीईओमा घिमिरे


काठमाडौं – विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्त राज लम्सालले राजीनामा दिएका छन्। लम्सालले वैशाख २८ गते दिएको राजिनामा कम्पनीको सञ्चालक समितिले जेठ ८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ।

साथै, सञ्चालक समितिको सोहि बैठकको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मको लागि संस्थाको दैनिक कार्य सञ्चालनको लागि संस्थाको प्रमुख कार्यकारी अधिकृतको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी संस्थाका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरेको छ।