काठमाडौं – गत भदौ २३/२४ गते भएका जेनजी आन्दोलन र असोजको महिनामा आएको बेमौसमी बढीका कारण निर्जीवन बीमा कम्पनीहरुकाे नाफा प्रभावित बनेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्टअनुसार आन्दोलन र बाढीका कारण वित्तीय सूचक प्रभावित देखिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब २७ करोड बढी नाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिकाे तुलनामा कम हो । कम्पनीहरुले चैतसम्ममा १ अर्ब २७ करोड १९ लाख ८९ हजार खुद नाफा आर्जन गरेका छन् । जबकी गत वर्षको सोही अवधिमा कम्पनीहरुले २ अर्ब ४१ करोड ३ लाख ४६ हजार नाफा आर्जन गरेका थिए ।
तेस्रो त्रैमाससम्मको अवधिमा दुई कम्पनीले घाटा ब्यहोरेका छन् । चैतसम्ममा नेशनल इन्स्योरेन्स कम्पनी १७ करोड ६४ लाख र यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी पनि ६ करोड ९७ लाख घाटामा रहेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बीमा कम्पनीको पहिलो नम्बरमा ओरिएन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले चैतसम्ममा ३० करोड ६६ लाख नाफा आर्जन गरेको छ । दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८९ लाख खुद नाफा आर्जन गरेको छ ।
साथै, चैतसम्ममा प्रभु इन्स्योरेन्स कम्पनीले २१ करोड १५ लाख, नेको इन्स्योरेन्स कम्पनीले १६ करोड ३९ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १३ करोड ३२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ११ करोड ५ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले १० करोड ६० लाख, शिखर इन्स्योरेन्स कम्पनीले ७ करोड ५ लाख, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ५ करोड १३ लाख नाफा आर्जन गरेका छन् ।
यस्तै, समिक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ४ करोड १ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ३ करोड ४८ लाख, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४ लाख ३८ हजार नाफा आर्जन गरेको छ ।






About Us
प्रतिक्रिया