सीईओ पाण्डे पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश


काठमाडौं – सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो।

स्मार्ट टेलिकम प्रालिको सम्पत्ति धितो लिलाम गरेको विषयमा प्रश्न उठाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको थियो।