हिमालयन रिइन्स्योरेन्सले पुनर्बीमा व्यवसाय गर्न नपाउने


काठमाडौं – नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) बमोजिम कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको हो ।

प्राधिकरणले कम्पनीलाई पुनर्बीमा दावी भुक्तानी गर्ने कार्य र यसअघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य भने गर्न पाउने उल्लेख गरेको छ । अब कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न पाउने छैन । प्राधिकरणले दुई महिनाका लागि पुनर्बीमा व्यवसाय सञ्चालनमा रोक लगाएको हो ।