बैंक अफ काठमाण्डूले ल्यायो ग्रिन पिनको सुबिधा

बैंक अफ काठमाण्डूले ल्यायो ग्रिन पिनको सुबिधा


बैकिङ्ग समाचार । 
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहक महानुभावहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ ।

यस सुबिधाबाट बैंकको नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् ।

नयाँ कार्डबाहक ग्राहक महानुभावहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर ‘इन्टर योयर ओटीपी’ मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नुहुनेछ ।

यस पश्चात कार्ड बाहक महानुभावहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नसक्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नेछन् ।