नेको इन्स्योरेन्सको नाफामा गिरावट, ५ अर्ब नाघ्यो बीमा कोषको आकार


काठमाडौं – नेको इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक विवरणअनुसार नाफामा गिरावट देखिएको हो । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १६ करोड ३९ लाख नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले ३६ करोड ९३ लाख नाफा कमाएको थियो।

कम्पनीको कुल बीमा शुल्क संकलन पनि घटेको छ । चैतसम्म कम्पनीले २ अर्ब १२ करोड ५९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब १६ करोड १४ लाख कुल बीमा शुल्क संकलन गरेको थियो। साथै, कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको छ । कम्पनीले चैत मसान्तसम्मको अवधिका १ अर्ब २२ करोड ७० लाख खुद बीमा शुल्क संकलन गरेको छ। गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब २२ करोड ७९ लाख खुद बीमा शुल्क संकलन गरेको थियो।

कम्पनीको बीमा कोषको आकार भने बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको बीमा कोषमा ५ अर्ब १३ करोड ६७ लाख रहेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ५३ करोड ९१ लाख रहेको थियो।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७७ करोड २२ लाख रहेको छ । चैतसम्म कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ३४ करोड ४६ लाख, महाविपत्ति कोषमा १७ करोड २ लाख, रिटेन्ड अर्निङमा ३७ करोड र अन्य इक्विटीमा ४१ करोड ६२ लाख रहेको छ। चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १७.७४ रुपैयाँ कायम भएको छ।