सानिमा जिआइसी इन्स्योरेन्सको नाफामा संकुचन, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – सानिमा जिआइसी इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको चैतको तुलनामा कम्पनीको नाफामा गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनामा ५ करोड १३ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले २३ करोड ३५ लाख नाफा कमाएको थियो ।

चैतसम्म कम्पनीले १ अर्ब ९७ करोड २३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा बढी हो । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख कुल बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको खुद बीमा शुल्क संकलन पनि बढेको छ । कम्पनीले चैतसम्म ५३ करोड ४३ लाख खुद बीमा शुल्क संकलन गरेको छ । गत वर्षको सोही समयमा कम्पनीले ४९ करोड ५२ लाख खुद बीमा शुल्क संकलन गरेको थियो।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १५ रहेको छ । चैतसम्म स्पेसल रिर्जभमा ७७ करोड ५२ लाख , महाविपत्ति कोषमा ४ करोड ८५ लाख, रिटेन्ड अर्निङमा १९ करोड २७ लाख र अन्य इक्विटीमा १२ करोड ३८ लाख रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३ रुपैयाँ १९ पैसा रहेको छ ।