काठमाडौं – कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसबाट हुने भएको छ। सोमबार केपिएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका ‘कन्टेन्ट हेड’ सञ्जय राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कोशी प्राइड प्रालिको आयोजनामा जेठ ९ देखि हुने टी–२० प्रतियोगिताको ‘पावर्ड वाई’ एक्ट्रिम इनर्जी ड्रिक्स, ‘टु ह्विलर पार्टनर’मा टिभिएस एन्टोर्क स्कुटी र ‘डिजिटल वालेट पार्टनर’मा माई पे छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टिभिएसको एन्टोर्क स्कुटर प्रदान गरिनेछ।
यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो। तर, विभिन्न कारण प्रतियोगिता दुईपटक सरेको थियो। अब भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म हुनेछ।
प्रतियोगितामा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन्। यस्तै, हरेक टिमले ड्राफ्टबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन्।
एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बिएन कोशी अनर्स, गोर्खा एभेन्जर्सले लिगमा प्रतिस्पर्धा गर्नेछन्।






About Us
प्रतिक्रिया