काठमाडौं – नेपालको वैदेशिक मुद्राको सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको जनाएको हो।
राष्ट्र बैंकका अनुसार २०८२को असार मसान्तसम्ममा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ थियो। जुन, चैत महिनासम्म आइपुग्दा ३०.५ प्रतिशतले बढेर झन्डै ३५ खर्ब रुपैयाँ पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २३ अर्ब ५५ करोड डलर पुगेको छ।
यो सञ्चितिले देशको १८ महिनाभन्दा बढीको सम्पूर्ण आयात धान्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। यस्तै, २१ महिनाभन्दा धेरै समयावधिको वस्तु आयात धान्नेछ।






About Us
प्रतिक्रिया