सिटिजन्स बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा

सिटिजन्स बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा


बैकिङ्ग समाचार ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ शाखा तुलसीपुरमा सुरु गरेकाे छ।

आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यले यो शाखा संचालनमा ल्याएको बैंकको भनाइ छ।

हाल ११० वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ एकाइहरुबाट बैंकले सेवा दिदैं आएको छ।

साथै याे बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा दिइरहेको छ। साथै मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत  वार्षिक ब्याजदरमा बैंकका सबै शाखाबाट दिइरहेको छ।