७४७ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगे, ९७१६ वटा शाखा खोलिए 

७४७ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगे, ९७१६ वटा शाखा खोलिए 


मनोज रेग्मी । 
बैंकिङ्ग सेवामा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने नीति अनुरुप राष्ट्र बैंकले वित्तीय पहुँच विस्तारमा जोड दिँदै आएको छ । यसै क्रममा पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तार तीव्र
रुपमा भइरहेको छ । गत वर्ष असार मसान्तमा बैंक तथा वित्तिय संस्थाहरुको शाखा संख्या ८६८६ रहेकोमा २०७७ जेठ मसान्तमा ९७१६ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कुल ७५३ स्थानीय तहहरुमध्ये ७४८ तहहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेका छन् ।

७४८ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगे, ९७१६ वटा शाखा खोलिए

यस्तै २०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३५३९, विकास बैंकहरुको १२५०, वित्त कम्पनीहरुको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३५७० गरी कुल शाखा संख्या ८५६४ पुगेको छ । २०७५ जेठ मसान्तमा यस्तो संख्या ६४१४ रहेको थियो । राष्ट्र बैंकको यो तथ्यांकलाई केलाउँदा नेपालमा बैंक तथा वित्तिय संस्थाहरुका शाखाहरुको विस्तार तिब्र गतिमा भइरहेको पाईन्छ । 

यसैले राष्ट्र बैंक आफ्नो स्थापनाकालीन वित्तीय क्षेत्रको प्रवद्र्धनात्मक उद्देश्यभन्दा पनि समष्टिगत आर्थिक स्थायित्वको उद्देश्यअन्तर्गत मूल्य स्थायित्व र वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्य राखेको हो । 

ग्रामीण तथा दुर्गम क्षेत्रका जनतासमक्ष औपचारिक वित्तीय सेवा विस्तार र सोको उपयोग सक्षमता प्रवद्र्धनमार्फत वित्तीय समावेशिता एवं पहुँच अभिवृद्धिको दिशामा केन्द्रित देखिन्छ । 

नेपालमा वित्तीय सेवाको आपूर्ति पक्षलाई दृष्टिगत गर्दा वित्तीय संस्थाको उपस्थिति, तिनको सेवाको गुणस्तर, सस्तो र सुलभ सेवा प्रवाह, सूचना प्रविधिको उपयोगका दृष्टिले सन्तोष गर्नुपर्ने ठाउँ छन् । यी संस्थामा हालसम्म ३ करोड २० लाख खाता खोलिएका छन् भने १३ लाख भन्दा बढिले कर्जा लिएको स्थिति छ । बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा, एबीबीएस सेवा, शाखारहित बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा आदि अनेक सेवा प्रवाह गरिरहेका छन् । 

\"\"यसैगरी बैंक तथा वित्तीय संस्थाले गाउँगाउँमा सेवा विस्तार त गरेका छन् तर वित्तिय शाक्षरता कम हुँदा सेवा त्यति प्रभावकारी ढंगले अगाडी बढ्न सकेका छैनन् । यसले नेपालको उद्यमशीलताको विकास, रोजगारी सिर्जना, उत्पादनको स्थिति न्यून रहेको अवस्था प्रष्टयाएको छ । 

बैंक तथा वित्तीय सेवा कुनै पनि देशको विकासका लागि पूर्वाधार हो । यसलाई दृष्टिगत गरी नेपाल सरकारले ‘एक व्यक्ती एक बैंक खाता’ अभियान सञ्चालन गरेको छ जसबाट वित्तीय सेवाअन्तर्गत बचत प्रोत्साहन र पुँजी निर्माणमा सहयोग पुग्ने अनुमान लगाउन सकिन्छ । 

पछिल्लो समयमा नेपालमा बैंकिङ्ग सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६० प्रतिशत भन्दा बढि नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको आंकलन गर्न सकिन्छ । 

सामान्यतः बैंकको शाखा संचालनका लागि राम्रो घर, बिजुली, इन्टरनेटको पहुँच जरुरत पर्ने भएकाले ति सुविधा पनि नहुँदा शाखा संचालनमा समस्या परेको राष्ट्र बैंकका प्रवत्ता गुणकार भट्ट बताउँछन् । संघियता पश्चात स्थानीय तहको  केन्द्र विवादका कारण पनि कुन ठाउँमा बैंकका शाखा खोल्ने भन्ने विषय अन्यौलमा परेको उनको भनाई छ ।