सानिमा जनरलको ३० करोडको आईपीओ असोज २१ गते खुल्दै

सानिमा जनरलको ३० करोडको आईपीओ असोज २१ गते खुल्दै


बैकिङ्ग समाचार । 
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख आईपिओ जारी गर्न लागेको हो । कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टाएर बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो ।

उक्त साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर पछिल्लो समय निकाष्शन भएको जनरल इन्स्योरेन्सको आइपीओमा नै सबा ८ लाख जनाले आवेदनत गरेकाले ३५ प्रतिशतभन्दा कम आवेदनले मात्र गोलाप्रथाबाट १० कित्ता हात पार्नेछन् । यसअनुसार १० कित्ताको आवेदन नै प्रयाप्त हुनेछ ।

आईपीओमा मेरो शेयर सफ्टवेयरका साथै नेपाल धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।

हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।