हिमालयन लाइफ इन्स्योरेन्सले चैतसम्ममा कमायो २६ करोड नाफा


काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्मको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा घटेको हो । कम्पनीले चैतसम्ममा २६ करोड १४ लाख नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कम्पनीले ४७ करोड २४ लाख नाफा आर्जन गरेको थियो ।

वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ । गत वर्षको चैतसम्म १२ अर्ब ४९ करोड ५५ लाख कुल बीमा शुल्क आर्जन कम्पनीले चालु वर्षको चैतसम्म १३ अर्ब २६ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । साथै, कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । चालु वर्षको चैतसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १२ अर्ब ९३ करोड ६२ लाख छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब १८ करोड ३० लाख खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ । चालु वर्षको चैतसम्म कम्पनीको जीवन बीमा कोषमा ८६ अर्ब ९ करोड ९२ लाख रहेको छ । अघिल्लो वर्षको चैतसम्म जीवन बीमा कोषमा ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ थियो। चैतसम्ममा कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख र रिटेन्ड अर्निङमा ९९ करोड ६३ लाख रहेको छ । हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख रहेको छ । चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३.८१ रुपैयाँ कायम भएको छ।