काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्ममा २७ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै चैत महिनासम्ममा २७ करोड ५० लाख नाफा आर्जन गरेको बताएको हो । जुन नाफा गत आर्थिक वर्षको तुलनामा बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैतसम्ममा २७ करोड ७ लाख नाफा आर्जन गरेको थियो।
कम्पनीको बीमा शुल्क आर्जन बढ्दा नाफा बढेको हो । गत आर्थिक वर्षको चैतसम्ममा ३ अर्ब ५८ करोड २५ लाख कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड ३० लाख कुल बीमा शुल्क आर्जन गरेको छ। साथै गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा ३ अर्ब ४९ करोड २० लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु वर्षको चैतसम्म ४ अर्ब १५ करोड १७ लाख खुद बीमाशुल्क आर्जन गरेको छ ।
चैतसम्ममा कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख, महाविपत्ति कोषमा १३ करोड ८४ लाख, रिटेन्ड अर्निङमा ३३ करोड २१ लाख र अन्य इक्विटीमा ३३ करोड ८१ लाख रहेको छ। चैतसम्म कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ९० करोड ७५ लाख रहेको छ। हाल चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख रहेको छ भने कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ६।९१ रुपैयाँ कायम छ ।



About Us
प्रतिक्रिया